सरकारको औंचित्य समाप्त-अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारको औंचित्य समाप्त-अध्यक्ष थापा

२१ माघ ,मकवानपुर ।
संबिधानको कार्यान्वयनको लागि निर्माण भएको सरकारले तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले सरकारको औचित्य समाप्त भएको बताएका छन् । अब २÷३ महिना समय बाँकि रहेको सरकारले सहमतिको पत्रमा गरेको सम्झौंता अनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको औचित्य समाप्त भएको दाबी गरे ।

सरकारको औंचित्य समाप्त-अध्यक्ष थापा

२१ माघ ,मकवानपुर ।
संबिधानको कार्यान्वयनको लागि निर्माण भएको सरकारले तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले सरकारको औचित्य समाप्त भएको बताएका छन् । अब २÷३ महिना समय बाँकि रहेको सरकारले सहमतिको पत्रमा गरेको सम्झौंता अनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको औचित्य समाप्त भएको दाबी गरे ।
    
गृह जिल्ला मकवानपुरको हेटौंडामा पार्टिको केन्द्रीय अधिवेसन लक्षित ३ नम्बर क्षेत्रीय अधिवेसनलाई संबोधन गर्न आएका पार्टि अध्यक्ष थापाले आज मिडिया नेपालले गरेको पत्रकार भेटधाटमा सरकारले जनतालाई चित्तबुझदो ढंगबाट काम गर्न, संबिधानको कार्यान्वयनका लागि मधेसको समस्या समाधान गर्न र स्थानिय निकायको निर्वाचनको मिति धोषणा गर्न नसकेकै कारण औचित्य समाप्त भएको बताए । सरकार गठनको ६ महिना बितीसक्दापनि निर्वाचनको मिति तोक्न नसकेको र निर्वाचन हुने सुनिश्चितता दिन नसकेको बताए । तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको सरकारको  निरन्तरताको औंचित्य पुष्टीगर्ने आधार नभएको स्पष्ट पारे ।

निर्वाचन गर्नुपर्ने संबैधाननिक बाध्यतामा सरकारले स्थानिय निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई पत्र लेख्ने बारे गरेको निर्णय अपुरो र बिरोधाभाष पुर्ण भएको बताए । संबिधान बमोजिम निर्वाचन आयोग निर्वाचनका लागि आयोग सधै तत्पर रहने अबस्थामा आयोगलाई निर्वाचनको लागि तयार हुन पत्र लेख्नुपर्ने कुनै कानुनि व्यवस्था नभएको स्पष्ट पार्दै निर्वाचनको मिति धोषणा बिना लेखिएको पत्र पुर्ण रुपमा अपुरो भएको दाबी गरे । आयोगलाई पत्र लेखिएको छ तर चुनाब केको हुने भन्ने स्पष्ट नखुलाइएको उनको भनाई थियो । अहिलेको अवस्थामा स्थानिय तह वा निकाय भन्ने बिवाद रहेपनि संबिधान बमोजिम निर्वाचन बाध्यात्म  रहेको अवस्थामा सरकारले स्थानिय तहको निर्वाचनमा तयारी हुनु भन्न नसक्नु नै बिडम्बना भएको बताए ।

सरकारको पत्राचारले चुनाब हुने भन्दा नहुँने तर्फ केन्द्रीत भएको भन्दै सरकारको कदम अपुरो र बिरोधाभाष पुर्ण रहेकाले अझैपनि चुनाबको बारे आसंका रहेको स्पष्ट पारे । अहिले पनि मधेसको समस्या समाधान बिना निर्वाचनको औचित्य नहुने भन्दै अध्यक्ष थापाले सरकारमा रहेका काग्रेस र एमाले आर्फै मधेसको समस्या समाधान गर्ने पक्षमा नरहेको बताए । उनले मधेसको समस्या समाधान गर्न नसकेको अवस्थामा सरकारमा जानुको कुनै औचित्य नभएको बताए । अहिलेको परिष्थितीमा आधारभुत रुपमा परिवर्तन हुँदै चुनाब हुने निश्चीतता सँगै सरकारमा राप्रपाको आवश्यकता महशुस भएमा सरकारमा जाने सम्भाबना रहदा अन्यता भएका २ मन्त्री समेत फिर्ता बोलाउँने तयारीमा रहेको समयमा अहिलेको अवस्थामा सरकारमा जाने सम्भाबना नभएको स्पष्ट पारे ।  मिडिया नेपालका अध्यक्ष जिब्राज बख्रेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सांसद गणेश थापा, पार्टिका केन्द्रीय सदस्य दिपक सिंह, मधु आचार्य लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);