साना तथा मझौला घरेलु उद्योगको विकास गर्ने आपूर्तिमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, १६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकलाई आत्मर्निभर बनाउन साना तथा मझौला उद्योगको विकासलाई जोड दिनुपर्ने बताएका छन् । मन्त्री यादवले साना तथा घरेलु उद्योगमार्फत् उत्पादन बढाएर मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्ने सरकरको योजना रहेको बताए ।

आईतबार काठमाडौंमा आयोजित दक्षिण एशीयाली साना तथा मझौला उद्यम फोरमको तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आधुनिक प्रविधिको प्रयोग गर्दै साना तथा मझौला घरेलु उत्पादनको वृद्धि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

दक्षिण एशीयाली राष्ट्रहरुको साना तथा मझौला उद्योगहरुको विकासलाई सहज ढंगले अघि बढाउन आवश्यक कार्ययोजना तय गर्न शिखर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा दक्षिण एशीयाली राष्ट्रका १ सय ५० जनाभन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);