एफएनसिसिआई र बैंकर्स संघबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एफएनसिसिआई र बैंकर्स संघबीच सम्झौता

काठमाडाैं, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्बनधमा सम्झौता भएको छ ।

बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजिकरण गर्ने गराउने छन् ।

यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ । उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने काम गर्नेछ ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीहरुका लागि ऐतिहासिक सम्झौता भएको बताउनुभयो । यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित हुने बताउनुभयो । 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमहरुलाई सहजै एसएमई बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताउनुभयो । 

वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एकपक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);