उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि आज मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि आज मतदान

बुटवल, १३ फागुन । बुटवल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि आज मतदान भएको छ । १ हजार ६ सय १३ मतदाता रहेकोमा एक हजार १ सय ७४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

संघको नेतृत्वका लागि उज्वल कसजु र हरिप्रसाद अर्याल विच प्रतिस्पर्धा रहेको छ । कोषाध्यक्ष पदमा नविन श्रेष्ठ र भेषराज गैरे तथा सचिव पदमा बाबुराम विक,मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच प्रतिपष्र्धा हुने निर्वाचन समितिले जनाएको छ ।

संघको खुल्ला ७ सदस्य पदका लागि ८ जना र २ महिला सदस्यका लागि ४ जना चुनावी मैदानमा भिडेका छन । साँझ ६ बजे सकिएको मतदान अहिले ८ बजेबाट मतगणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);