बारामा स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारामा स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय पक्राउ

बारा, १३ फागुन बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित २ भारतीय प्रक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नं. ८ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले र कम सहित २ भारतीय पक्राउ गरेको हो ।

बुधबार बिहान ११ बजे बेरुवा टोल स्थित कलैया मटि अर्वा सडकखण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको समयमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारतीय मोटरसाईक लबि आर ०५ के ०७९८ नंम्बरको सवारचालक भारत बिहार पूर्वी चम्पारण ग्रामपञ्चायतनर कटिया वडा नं. ७ नरटिया बस्ने सुरेश प्रसादका छोरा ३५ वर्षका चंद्रशेखर प्रसादर मोटरसाईकल सवार सोही स्थानबस्ने पारस नाथप्रसादका छोरा बर्ष ३८ का संजय कुमारको साथबाट उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा पक्रउ गरेको बारा प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुबाट नेपाली १ हजार दरका १ हजार ७ सय ७२ थान र ५ सय दरका १ हजार ५ सय २६ थान गरी जम्मा २५ लाख ३५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);