नारायणी नदीमा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

नारायणी नदीमा बेपत्ता भएकाको शव एपीएफ टोलीद्वारा फेला

पूर्वी नवलपरासी, १३ फागुन । नारायणी नदीमा डुबेर वेपत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका १० पितौजी बस्ने ३५ बर्षिय भिमबहादुर थापाको शव एपीएफ टोलीले फागुन १२ गते फेला पारेको छ ।

बुधबार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो ।

एपीएफ टोलीले स्थानीय बोटेहरुको सहयोगमा निज थापाको शव नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको छ ।

Leave a Reply

ताजा समाचार