माटोको ढिस्कोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

माटोको ढिस्कोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला

ताप्लेजुङ्ग, २३ फागुन । ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ ।

उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको शव बाहिर निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);