तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात

काठमाडौं, १० पुष । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशै भरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभएको हो ।

नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताउनुभयो । 

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहनु भएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घटने बताउनुभयो । ब्रिक बैंकिङको लागत क्लीक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरुले क्यूहार कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताउनुभयो । त्यसका लागि बैंकहरुले डिजिटल पूर्वाधार र सुरक्षामा अझबढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताउनुभयो । 
 
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गर्नुभएको हो । डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);