अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने

फागुन २५ अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् ।

भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् ।

भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया यूपीसीआई अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल
र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस यूपीआई मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराइएको छ ।

भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच भएको सहमति अनुसार शुक्रबार यसको सुरुवात भएको हो ।

सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुवै कम्पनीले जनाएका छन् ।

यसबाट यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन्

। तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् । यो कदम दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनमा उल्लेखनीय सुधार हुने विश्वास
गरिएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);