सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिने

सीताराम राई, खोटाङ, १० पुष । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि कर्मचारीमार्फत वितरण गर्दै सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको छ । कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हुन सक्ने आर्थिक अनियमिततालाई रोक्दै आर्थिक पार्दशिता कायम गर्न नगरपालिकाले आउँदो चौमासिकदेखि लागू गरी बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भएको हो ।

पन्ध्र वडा रहेको नगरमा राष्ट्रिय बाणिज्य बैंक, ज्योति विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकर सालपा विकास बैंकमार्पत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । बैंकसँग सम्झौता गरे अनुसार नगरपालिकाभित्रका सबै ९५१३० जना लक्षित वर्गले अब सामाजिक सुरक्षा भत्ता लिनका लागि तोकिएको बैंकमा खाता खोल्नुपर्ने छ ।

नगरपालिका र बैंकसँग सम्झौता गरिएअनुसार सालपा विकास बैंकले वडा नम्बर-१ दिक्तेल, वडा नम्बर-३ बाम्राङ, वडा नम्बर-५ लफ्याङ, वडा नम्बर-७ दोर्पाचिउरीडाँडा, वडा नम्बर-८ दोर्पाबुवालुङ, वडा नम्बर-१० पाथेका, वडा नम्बर-११ खार्मी, वडा नम्बर-१३ नुनथला, वडा नम्बर-१४ बुइपा र वडा नम्बर-१५ विजयखर्क तथा ग्वोबल आईएमई बैंकले वडा नम्बर-१२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

यस्तै, ज्योति विकास बैङ्कले वडा नम्बर(२ सोल्मा, सेन्चुरी कमर्सियल बैंकले वडा नम्बर-९ निर्मलीडाँडा र राष्ट्रिय बाणिज्य बैङ्कले वडा नम्बर-४ खाल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरी सम्झौता गरिएको छ । नगरपालिका र बैंकका प्रतिनिधिबीच बिहीबार दुई पक्षीय सम्झौता भएको हो ।

टाढाका सेवाग्राहीलाई भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने र सुरक्षा एवम् प्रशासनिक कामहरु नगरपालिकाले व्यवस्था गर्नेगरी समझदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताउनुभयो । नगरपालिकाले लक्षित वर्गको आवश्यक विवरण बैंकलाई उपलब्ध गराउने र बैंकमा रकम जम्मा गरेपछि सोही अनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि सबै स्थानीय तहले बैंकिङ प्रणालीमार्फत वितरण गर्ने तयारी गरिरहेका छन् । आगामी दिनमा अनियमितता हुन नदिन सबै स्थानीय तहले आ-आफ्नो क्षेत्रमा सञ्चालित बैंकहरुसँग सम्झौता गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);