शेयर बजारमा आज ८ अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

शेयर बजारमा आज ८ अंकको गिरावट

nepse

काठमाडौं, १६ बैशाख । साताको पहिलो दिन आज शेयरबजार परिसुचक नेप्से ८ अंकले ओरालो लागेको छ । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ८ दशमलव २१ बिन्दुले ओरालो लागेर एक हजार ३ सय ४९ दशमलव ०१ बिन्दुमा पुगेको हो ।

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलव १ अंकले घटेर २ सय ८४ दाशमलव ९६ बिन्दुमा पुगेको छ । आज कूल १ सय ६१ कम्पनीको नौ लाख ६६ हजार ८ सय २९ कित्ता शेयर ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँमा कारोबार भयोे ।

कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ । गत आइतबार ५० अंकले बढेको बजारमा एक अर्ब बढीको कारोबार भएको थियो ।

आज पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा व्यापार ० दशमलव ७६, होटल ३५ दशमलव १८, विकास बैंक ४ दशमलव ४३, बीमा २ दशमलव ४१ र उत्पादन समूह ८ दशमलव १८ बिन्दुले बढेको छ । भने, बैंकिङ ११ दशमलव ६, जलविद्युत् १ दशमलव २३, वित्त समूह ५ दशमलव ८१, अन्य ८ दशमलव ७ र माइक्रोफाइनान्स समूह ४ दशमलव ०७ बिन्दुले ओरालो लागेको छ ।