कृषिका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कृषिका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई अर्थमन्त्रीको आग्रह

arthamantri yubraj khatiwada

काठमाडौं, १७ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पारे ।

राजधानीमा आयोजना गरिएको साना किसान सम्मेलनमा शुक्रबार सम्बोधनका क्रममा उनले स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने उल्लेख गरे । स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिहरुले पूर्वाधारको विकास गर्ने तर उत्पादनमा जोड नदिने हो भने पूर्वाधार विकासबाट प्रतिफल लिन नसक्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गरे ।

बिहिबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तर्राष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन शुक्रबारै समापन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);