औषधि र स्वास्थ्य उपकरण खरिदका लागि ६ अर्बको बजेट | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

औषधि र स्वास्थ्य उपकरण खरिदका लागि ६ अर्बको बजेट

budget 2077

काठमाडौं, १५ जेठ । सरकारले तत्काल आवश्यक पर्ने औषधि तथा अन्य स्वास्थ्य उपकरण खरिदका लागि ६ अर्बको बजेट विनियोजन गरेका छ । सरकारले कोरोना भाइरसलाई थप विस्तार हुन नदिने गरी परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको स्थापना र स्वास्थ्य उपचारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । सरकारले स्वास्थ्यका सबै कर्मचारीहरुको व्यक्तिगत सुरक्षासहित ५ लाखसम्मको स्वास्थ्य विमा गरेको छ ।

सरकारले काठमाडौं उपत्यकामा ३ सय शैया र प्रदेशका राजधानीहरुमा ५० शैयाको छुट्टै सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । प्रदेशमा राजधानीका सरकारी असपतालमा २ सय ५० शैयाका आइसियु स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाको सेवा विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउँदै प्रदेश राजधानीमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गरिने उहाँले बताउनुभयो ।

सबै स्वास्थ्य संस्थाहरुमा उपचारसेवाका लागि आवश्यक प्रयोगशाला विस्तार गर्न, रोग निदान, फार्मेसी अनिवार्य सञ्चालन गर्न, विदेशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरण सहितको स्वास्थ्य डेस्क स्थापना गर्न बजेट विनिउोजन गरिएको उहाँले बताउनुभयो ।

सरकारले सबै स्थानीय तहहरुमा गुणस्तरिय आधारभूम सेवा प्रदान गर्न ५ देखि १५ शैयाको अस्पताल निर्मार्ण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा २ सय ७२ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन गर्दै साविकका जिल्ला र अञ्चल अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यस्था गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

ताजा समाचार