आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने घोषणा

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त बनाउनका लागि एक खर्ब ४६ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मलेरिया, क्षयरोग, एड्स तथा एचआइभी र कुष्टरोग नियन्त्रणका लागि उक्त रकम विनियोजन गरिएको हो ।

कोभिड–१९ का सङ्क्रमितको रोकथाममा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रदान गरिने जोखिमभत्तालाई निरन्तरता दिइएको छ ।

औषधि खरिदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको छ । विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्काघात, सिकसलेस लगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);