कञ्चनपुरमा कम बजेट विनियोजन गरेको स्थानीयको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कञ्चनपुरमा कम बजेट विनियोजन गरेको स्थानीयको गुनासो

bajet

पुष्कर भट्ट
कञ्चनपुर, १७ जेठ
। कञ्चनपुरका ठुला योजनामा सरकारले बजेट विनियोजन नगरेको भन्दै पूर्वमन्त्रीदेखि स्थानीयले असन्तुष्टि जनाएका छन् । जनप्रतिनिधिहरुले स्थानीय तहलाई पनि कम बजेट विनियोजन गरेको गुनासो गरेका छन् ।

सरकारले आगामी आर्थिक बर्ष २०७५-०७६ को लागि कञ्चनपुरका ९ वटै स्थानीय तहलाई २ अर्ब ५६ करोड ७१ लाख रुपैया विनियोजन गरेको छ । तर कञ्चनपुरका लागि चालु अर्थिक बर्ष २०७४-०७५ को तुलनामा ५७ करोड, २७ लाख रुपैयाँ कम हो । चालु आर्थिक बर्षका लागि कञ्चनपुरका स्थानीय तहलाई ३ अर्ब, १५ करोड ३८ लाख विनियोजन गरिएको थियो । बजेट कटौती गरेको भन्दै सो क्षेत्रका पूर्वमन्त्री जनप्रतिनिधि, उद्योगी र स्थानीयले असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले प्रदेश ७ को ठुला योजनामा सरकारले बजेट नछुट्टाएकोमा असन्तुष्टि जनाए । कञ्चनपुरका जनप्रतिनिधिहरुले चालु आर्थिक बर्षको भन्दा कम बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएका छन् ।

उद्योगी व्यवसायीले बजेटमा निजि क्षेत्रलाई समेट्न नसकेको गुनासो गरेका छन् । उनीहरुले जलविद्युत, करिडोर, एयरपोर्ट निर्माणमा बजेट विनियोजन नगरेकामा असन्तुष्टि जनाएका छन् । केन्द्र सरकारले स्थानीय तहमा बजेट कटौती गरेपनि प्रदेश सरकारले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);