सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको अर्थविद्को टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको अर्थविद्को टिप्पणी

kathiwada yubraj

काठमाडौं, १७ जेठ । अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको टिप्पणी गरेका छन् । अर्थविद्हरु दिपेन्द्रबहादुर क्षेत्री, पृथ्वीराज लिगल र डाक्टर जगदिशचन्द्र पोखरेलले सरकारले लक्ष्य अनुसार बजेट ल्याउन नसकेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका अर्थविद् क्षेत्रीले पाँच वर्ष भित्र दोहोरो अंगले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको बताए । उनले आर्थिक वृद्धिलाई ८ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य पनि बजेटले पूरा गर्नेमा आशंका व्यक्त गरे ।

अर्थविद् पृथ्वीराज लिगलले घोषणा गरिएका कार्यक्रमलाई धान्ने गरी बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले गरिबी निवारण र रोजगारीको अवसर सृजनाका लागि एकीकृत कार्यक्रम ल्याउनु भने बजेटको सकारात्मक पाटो रहेको बताए ।

अर्का अर्थविद् डा. जगदिशचन्द्र पोखरेलले बजेट प्रजातान्त्रिक मूल्य, मान्यता अनुसार नआएको दावी गरे । उनले युवाहरुलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढ्ने कामलाई पनि बजेटले प्राथमिकता नदिएको टिप्पणी गरे ।

अर्थविद् पोखरेलले प्रविधिक विकासबाट मुलुकलाई समृद्ध बनाउने दिशामा पनि बजेटले खासै चासो नदिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);