'लक्ष्य अनुसार बजेट आउनु सकारात्मक' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

‘लक्ष्य अनुसार बजेट आउनु सकारात्मक’

काठमाडाैं, २३ जेठ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले लक्ष्य अनुसार बजेट ल्याएको स्पष्ट पारेका छन्। पूर्व अर्थमन्त्री कोइरालाले काँग्रेसप्रति संकेत गर्दै विपक्ष दलहरुले सरकारले ल्याएको बजेटबारे तल्लो स्तरमा झरेर टिप्पणी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, ५ लाख रोजगारीको अवसर सृजना गर्ने लगायतका बजेटको लक्ष्यलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताए ।

बुधबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री कोइरालाले विगतकै अर्थनीतिलाई निरन्तरता दिएर सरकारले बजेट ल्याउनु सबैभन्दा सकारात्मक पक्ष भएको स्मरण गरे ।

उनले भारत र चीन जोड्ने गरी पूर्व–पश्चिम राजमार्ग जोड्ने लगायतका भिजन बजेटमा आएको भन्दै खुसी व्यक्त गरे । पूर्व अर्थमन्त्री कोइरालाले बजेटले विदेशी लगानीलाई प्राथमिकता दिएको स्पष्ट पारे ।