यस्थास्थितिमा ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदर हासिल गर्न नसकिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

यस्थास्थितिमा ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदर हासिल गर्न नसकिने

yubraj khatibada

अर्धवार्षिक समिक्षा प्रतिवदेन सार्वजनिक

काठमाडौं, २३ फागुन । सरकारले पूँजीगत खर्च वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेको छ । चालू आर्थिक वर्षको ६ महिनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सरकारले पूँजीगत खर्च वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेको हो । बुधबार चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा प्रतिवदेन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक नरहेको स्पष्ट पारे ।

उनले बाह्य पुूँजी भित्र्याएर मात्रै सरकारले लक्ष्य लिए अनुसारको आर्थिक वृद्धिदरलाई बढाउन सकिने स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले यस्थास्थितिमा ६ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदर हासिल गर्न सकिने अवस्था नरहेको भन्दै सरकारले राखेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य संशोधन गर्दै ६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने स्पष्ट पारे ।

प्रतिवेदनमा समिक्षा अवधिमा औसत मुद्रास्फिति ३ दशमलव ५ प्रतिशत रहेको र यो दर आर्थिक वर्षको अन्त्यसम्म ६ प्रतिशतको सीमाभित्रै रहने अनुमान पनि गरिएको छ ।

सरकारले स्रोत सुनिश्चित नभएका आयोजनाहरुको कार्यान्वयनका लागि स्वेतपत्र नै जारी गर्ने भएको छ । अर्थमन्त्री खतिवडाले स्रोतको अभाव भएका आयोजनाहरुको पुन विचार गर्ने भन्दै त्यसका लागि आवश्यक व्यवस्था गर्न स्वेतपत्र नै जारी गर्न लागिएको जानकारी दिए । बजेट माग गर्ने काम नभएका आयोजनाहरु खारेज गर्नेसम्मको सरकारको तयारी छ।

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपार्टी अन्त्य गर्ने घोषणा

अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपार्टी अन्त्य गर्ने घोषणा गरेका छन् । उनले आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट भुक्तानी गर्ने परिपाटीको अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिए ।

विगत २० वर्षयता आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परिपाटीले बढावा पाउँदै आएको छ । अर्थमन्त्री खतिवडाले यस वर्ष त्यस्तो हुन नदिन आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

सरकारले चैत्र भित्र प्रदेश र स्थानीय तहको बजेटको व्यवस्था गरिसक्ने योजना बनाएको छ । अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको स्पष्ट पारे । उनले करको दायरालाई बढाउने र राजस्व संकलन लक्ष्य अनुसारनै हासिल हुने गरी अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धानको उत्पादनमा ह्रास आएकाले चालू आर्थिक वर्षको मध्यसम्ममा अपेक्षा अनुसारको आर्थिक वृद्धिदर हासिल हुन नसकेको बताए । उनले सेवा, उद्योग र पर्यटन क्षेत्रको आर्थिक वृद्धिदर भने सन्तोषजनक रहेको बताए ।

अर्धवार्षिकी समिक्षा प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा बजेट ३५ अरव ४७ करोड घाटामा रहेको उल्लेख गरिएको छ । त्यसैगरी सरकारी खर्च यस अवधिमा बढेर ३ खरव ९९ अरव ३८ करोड पुगेको छ । हाल सरकारसँग १ खरव १४ अरव ८९ करोड आन्तरिक ऋण र २२ अरव ९४ करोड बैदेशिक ऋणा परिचालन गरिएकाले १ खरव २ अरव २७ करोड खर्च गर्न सकिने स्रोत बजेटमा उपलब्ध रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);