चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसार नै पूँजीगत खर्च हुने अर्थमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसार नै पूँजीगत खर्च हुने अर्थमन्त्रीको दावी

काठमाडौं, १० बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले कतिपय विकास निर्माणको काम सम्पन्न भएपनि भुक्तानी नभएकाले तत्काल पूँजीगत खर्च कम भएको देखिएको स्पष्ट पारेका छन् ।

मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराए ।

चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च
चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च भएको छ । अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्था पनि रहेकाले पूँजीगत खर्चमा कमी देखिएको स्पष्ट पारे ।

उनले विकास, निर्माणको काममा तीव्रता आउँदा पनि पूँजीगत खर्च नदेखिनुमा भुक्तानी ढिलाई हुने गरेकाले सो समस्य समाधानका लागि मातहतका निकायलाई सचेत गराइएको बताए ।

अर्थमन्त्री खतिवडाले असार महिनामा मात्रै बजेट खर्च हुने भन्ने भनाई सत्य नभएको बताए । अरु महिनामा भुक्तानी नभएका बजेट पनि असार महिनामा भुक्तानी हुने भएकाले असार महिनामा मात्रै बजेट खर्च हुने गरेको देखिएपनि त्यो सत्य नभएको अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको कामलाई सन्तुलित बनाउन पनि सरकार प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);