'विश्वका सबै खेडालीलाई नेपाल भित्र्याउने सरकारको योजना' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘विश्वका सबै खेडालीलाई नेपाल भित्र्याउने सरकारको योजना’

काठमाडौं, ९ असोज । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि बजेटको अभाव रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुसँग सवाल–जवाफ गर्ने क्रममा मन्त्री विश्वकर्माले पर्याप्त बजेट नभएकाले खेलकुद क्षेत्रको विकासलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नसकिएको स्पष्टिकरण दिएका छन् ।

उनले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा समेत बजेटको अभाव रहन गएकोतर्फ पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराए । मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिए पनि सो लक्ष्य प्राप्तीका लागि बजेट अभाव भएको बताए ।

उनले समितिका सदस्यहरु समक्ष बजेट न्यून भए पनि मन्त्रालयको कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिवद्धता पनि पटक–पटक दोहोराए ।

मन्त्री विश्वकर्माले सरकारले भूगोल र हावापानी सुहाउँदो खेलकुदको विकास हुने गरी पूर्वाधार निर्माण गर्ने योजना समिति समक्ष पेश गरे । उनले हावापानी अनुकूलको खेल खेल्न विश्वका सबै खेडालीलाई नेपाल भित्र्याउने सरकारको योजना रहेको उल्लेख गरे ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय एकतालाई बलियो बनाउने गरी कार्ययोजना तय गर्न नसकेको भन्दै मन्त्री विश्वकर्माको आलोचना गरेका थिए । समितिका सदस्य योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्नेगरी खेलकुदको कार्ययोजना तय गर्न मन्त्री विश्वकर्मालाई सचेत गराए ।

समितिका अर्का सदस्य जीवनराम श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर अघि बढ्न नसकेको भन्दै युवा तथा खेलकुद मन्त्रालयको कार्ययोजनाप्रति असन्तष्टि व्यक्त गरे । उनले खेल क्षेत्रको सुधारका लागि दिइएको सुझावलाई सरकारले ग्रहण गर्न नसकेको आरोप लगाए ।

मन्त्री विश्वकर्माले समितिका सदस्यहरु समक्ष सबै प्रदेशमा रंगशाला बनाउने, सबै गाउँपालिकामा खेलग्राम बनाउने लगायतका मन्त्रालयका योजनाबारे समितिलाई जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);