एशिया कप क्रिकेट : फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एशिया कप क्रिकेट : फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश भिड्दै

ban-va-pak-1024x661

एजेन्सी, १० असोज । युएईमा जारी एशिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश खेल्दैछन । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे शुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ ।

पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेल भैरहेको छ । सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए । भारतले पाकिस्तान र बंगलादेशलाई पराजित र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षीत गरिसकेको छ ।

यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश भिड्दैछन् । सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए भने भारतसँग दुवै टिम पराजित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);