एसिया कपमा बङ्लादेशबिरुद्ध श्रीलङ्काको मध्यम प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

एसिया कपमा बङ्लादेशबिरुद्ध श्रीलङ्काको मध्यम प्रदर्शन

काठमाण्डौ, भाद्र २३
एसिया कप एकदिवसीय क्रिकेटको सुपर फोरको दोस्रो खेलमा बङ्लादेशबिरुद्ध पहिला ब्याटिङ गरेको श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ ।
श्रीलंकाले २८ ओभरमा ३ विकेट गुमाउदैं १२५ रन मात्रै बनाएको छ । उसका कुशल मेन्डिज ५०,पथुम निसानका ४४ र दिमुथ करुणारत्ने १८ रनमा आउट भए । बङ्लादेशका शरीफुल इस्लामले दुई र हसन महमुदले एक विकेट हात पारे ।
समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् । सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । पाकिस्तान समूह ‘ए’ बाट शीर्ष र भारत दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।
यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले पराजित गरेको थियो । सुपर फोरमा भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । चारवटै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।
एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

Leave a Reply

ताजा समाचार