नेपाल पाकिस्तानसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं,११ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा समूह डी अन्तर्गत नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गरेको हो ।

लगातार दोस्रो जितसँगै पाकिस्तान सुपर सिक्समा पुगेको छ । लगातार दोस्रो हार भोगे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अझै सकिएको छैन पाकिस्तान र न्युजिल्यान्डले पहिलो दुई खेल जितेर सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका छन् । नेपाल र अफगानिस्तानले पहिलो दुई खेल हारेका छन् । यी दुई टोलीले शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली पाकिस्तान र न्युजिल्यान्डसँगैं अघिल्लो चरणमा पुग्नेछ । १९८ रनको लक्ष्य पच्छ्याउने क्रममा पाकिस्तानका अजान अवाइसले अविजित ६३ रन बनाए । नेपालविरुद्ध यो उनको लगातार दोस्रो अविजित अर्धशतक हो ।

डिसेम्बरमा यूएईमा सम्पन्न एसीसी यू–१९ एसिया कपमा पनि उनले नेपालविरुद्ध अविजित ५६ रन बनाएका थिए । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा ओपनरद्वय सामिल हुसैन र सहजाइब खानले समान ३७ रन बनाएर पाकिस्तानलाई राम्रो सुरुआत दिलाए । आकाश चन्दले दुवैलाई ३ बलको अन्तरमा आउट गरी नेपाललाई खेलमा फर्काए । अहमद हसनले २९ रन जोडे ।

नेपालबाट आकाशले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभर खेल्दै १ सय ९७ रनमा अलआउट भयो । नेपालले आक्रामक सुरुआत गरेको थियो । अर्जुन कुमाल र प्रतियोगितामा पहिलो खेल खेलिरहेका विपिन रावलले ४ ओभरमा २९ रन जोडे । नेपालका लागि ओपनर विपिन रावलले ३९ु दीपक डुम्रेले २६, सुभाष भण्डारीले २४ र आकाश चन्दले १६ रन बनाए । पाकिस्तानका मिन्हासले ३ तथा उबेद शाह र अहमद हुसेनले २–२ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);