विश्वकप छनोटः नेपाल ४५औं ओभरमै अलआउट, नेदरल्यान्ड्सले पायो सामान्य लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विश्वकप छनोटः नेपाल ४५औं ओभरमै अलआउट, नेदरल्यान्ड्सले पायो सामान्य लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सलाई नेपालले सामान्य लक्ष्य दिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । जारी खेलमा नेपालले खराब सुरुवात गरेको थियो । ४४.३ ओभरमा १६७ रनमा अलआउट हुन पुगेको हो ।

पहिलो विकेटको रुपमा ओपनर आसिफ सेखलाई गुमाएको थियो । दास्रो विकेटकोरुपमा कुशल भुर्तेल आउट भए । कुशलले ४२ बलमा २७ रन जोडे । यस्तै भिम सार्की २२ रन बनाएर आउट हुन पुगे । आरिफ सेख ६ रन तथा कुशल मल्ल १२ रनमा पबिलियन फिर्किए । यस्तै सन्दीप लामिछानेले २७ रन जोडे ।

एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा नेपाल र नेदरल्यान्डबीच यसअघि २ भेट भईसकेको छ । दुई खेल मध्य एक खेल नेपालले र अर्को खेल नेदरल्यान्डले जितेको थियो ।

सुपर सिक्समा पुग्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ । आजको खेलमा पराजित भए नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिनेछ ।

नेपाल सुपर सिक्समा पुग्न शनिबारको नेपालको जित र सोमबारको हुने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको खेलमा नेदरल्यान्ड्स पराजित हुनुपर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);