नेदरल्यान्ड्सविरुद्ध २७ रन जोडेर आउट भए कुशल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

नेदरल्यान्ड्सविरुद्ध २७ रन जोडेर आउट भए कुशल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले तेस्रो ओभरमै २ विकेट गुमाउन पुगेको छ । पहिलो विकेटको रुपमा ओपनर आसिफ सेख आउट भएका थिए भने दास्रो विकेटकोरुपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशलले ४२ बलमा २७ रन जोडे । १६औं ओभरको खेल जारी रहँदा नेपालले २ विकेट गुमाएर ५२ रन जोडेको छ ।

एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा नेपाल र नेदरल्यान्डबीच यसअघि २ भेट भईसकेको छ । दुई खेल मध्य एक खेल नेपालले र अर्को खेल नेदरल्यान्डले जितेको थियो ।

सुपर सिक्समा पुग्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ । आजको खेलमा पराजित भए नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिनेछ ।

नेपाल सुपर सिक्समा पुग्न शनिबारको नेपालको जित र सोमबारको हुने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको खेलमा नेदरल्यान्ड्स पराजित हुनुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);