विश्वकप छनोट : नेपालले आज हङकङको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वकप छनोट : नेपालले आज हङकङको सामना गर्ने

काठमाडौं, २८ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोटमा लगातार तीन खेलमा पराजित भएको नेपालले समूह चरणको अन्तिम खेलमा आज हङकङको सामना गर्दै छ । तीन खेलमा पराजयपछि एकदिवसीय मान्यता पाउने र सुपर सिक्समा पुग्ने लक्ष्य संकटमा परेको अवस्थामा अंक तालिकाको पुछारमा रहेको नेपालले एकदिवसीय मान्यता पाउन हङकङमाथि जित हासिल गर्नुपर्छ ।

नेपाल र हङकङबीचको खेल दिउँसो सवा १ बजे जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुने छ । पराजित भए नेपालको एकदिवसीय मान्यता पाउन समूह एको नजितामा भर पर्नेछ । समूह एको नेदरल्यान्ड्स सुपर सिक्समा पुगे तथा यूएई बाहिरिए नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ ।

तर युएईले २ खेल जितिसकेका कारण यो सम्भावना निकै न्युन छ । सुपर सिक्समा पुग्न भने नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्छ । नेपाल र हङकङबीच भएका १२ खेलमा नेपालले ६ खेल जितेको इतिहास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);