यू–१९ विश्वकपमा सुपर सिक्समा आज नेपालले भारतसँगै प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

यू–१९ विश्वकपमा सुपर सिक्समा आज नेपालले भारतसँगै प्रतिस्पर्धा गर्दै

काठमाडौं,१९ माघ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा सुपर सिक्समा आज नेपालले भारतसँगै खेल्दैछ । सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्ने भएको हो । प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ ।

खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको छ । सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थिया े। २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित गरे भारत उपाधि नजिक पुग्नेछ। दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । दुवैले ६ अंक जोडेपछि नेपालको सेमिफाइनल संभावना समाप्त भएको हो

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);