सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेमिफाइनलमा पाकिस्तानको भिडन्त इंग्ल्यान्डसँग, फाइनलमा भारतसँग भेट होला ?

काठमाडौं। बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अस्ट्रेलियाको ओडिलेडमा भएको सुपर १२ को खेलमा पाकिस्तानले बंगलादेशले दिएको एक सय २८ रनको. लक्ष्य पाँच विकेटको क्षतिमा ११ बल बाँकी हुँदा पूरा गर्‍याे । पाकिस्तान समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत जिम्बाबेसँगको खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को खेलमा सुरुवाती दुई खेल लगातार गुमाएको पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्ने चौथो देश बनेको छ । यसअघि समूह ‘ए’ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । पाकिस्तान सन् २००७ यता दुई वर्षबाहेक सबै विश्वकपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पाकिस्तान सन् २००७, २००९, २०१० र २०१२ मा भएको विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । सन् २०१४ र २०१६ मा भएको टी–२० विश्वकपमा भने पाकिस्तान सुपर १२ बाटै बाहिरिएको थियो । त्यसपछि २०२१ र २०२२ मा भएको टी-२० विश्वकपमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसपटक पाकिस्तानको कप्तान बाबर आजम छन् । जो टी-२० प्रतियोगितामा सर्वाधिक चर्चामा छन् । सुरुवाती चार खेलमा खासै जम्न नसकेका बाबरले अन्तिम खेलमा बंगलादेशविरुद्ध भने २५ रन बनाएका छन् । पाकिस्तानले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । भारत र न्युजिल्यान्डले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);