पकिस्तानलाई हराउदै बंगलादेश एसिया कपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

पकिस्तानलाई हराउदै बंगलादेश एसिया कपको फाइनलमा

bangladesh into asia cup final

एजेन्सी, ११ असोज । बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । बुुधबार राति भएको खेलमा पकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

यसअघि नै भारत सुपर फोरको खेलमा एकमा जीत र एक बराबरी खेल्दै फाइनल पुगिसकेको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले मुस्फिकुर रहीमको ९९ तथा मोहम्मद मिथुनको ६० रनको मद्दतमा पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा निर्धा्रित ओभरमा नौ विकेटको क्षतिमा २०२ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि इमाम हकले ८३ रन जोडे पनि हार टार्न भने सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहेमानले सर्वाधिक ४ विकेट लिएका थिए ।

अहिलेसम्म उपाधी जित्न नसकेको बंगलादेश तेस्रो पटक फाइनलमा पुगेको हो ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि