एसिया कप व्हिलचियर क्रिकेटमा नेपाल भारतसंग पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एसिया कप व्हिलचियर क्रिकेटमा नेपाल भारतसंग पराजित

wheelchair cricket

काठमाडौं, १ जेठ । एसिया कप व्हिलचियर टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय४० रन बनाएको थियो ।

पहिलो पटक आयोजना भएको एसिया कप व्हिलचियर टी–ट्वान्टी क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);