एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल भारतसँग ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल भारतसँग ७ विकेटले पराजित

काठमाडौं, २८ कात्तिक । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको छ । ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो । ढाकाको साभर शहर स्थित बंगलादेश कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको मध्यम लक्ष्य भारतले ४२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

भारतको लागि शनबिर सिंहले ५६ र अर्मान जाफरले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्लको विकेट गुमाएको थियो । नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।

शरद ४४ तथा कुशल २८ रनमा आउट भए । त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा नेपाल सम्मानजक स्कोरमा पुगेको थियो ।

दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए । भारतका सौरभ डुबेले ४ विकेट लिए । प्रतियोगिताको समूह ’बी’ मा रहेको नेपालले अब शनिबार हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग सोमबार १८ मा खेल्ने छ । आठ टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);