एशियाकप व्हिलचियर टी–ट्वान्टी क्रिकेटमा नेपालको लगातार दोश्रो हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एशियाकप व्हिलचियर टी–ट्वान्टी क्रिकेटमा नेपालको लगातार दोश्रो हार

एशियाकप व्हिलचियर टी–ट्वान्टी

नेपाल बंगलादेशसंग ८ विकेटले पराजित

काठमाडाैं, २ जेठ । एसिया कप व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको हो ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १सय ४८ रन बनाएको थियो । यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार पाकिस्तानसंग खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);