विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रीन्टमा नेपाल पाँचौ स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रीन्टमा नेपाल पाँचौ स्थानमा

world rafting championship

काठमाडौं, २ जेठ ।  विश्व र्‍याफ्टिङ च्याम्पियनसिप स्प्रिन्टको खुल्ला प्रतिस्पर्धामा नेपाल पाँचौ भएको छ । अष्ट्रेलियामा बिहिवार भएको १८ औ संस्करणको च्याम्पियनसीप अन्तर्गत स्प्रिन्टको खुल्लातर्फ नेपालले निर्धासरत दुरी ४ मिनेट ७ दशमव ७८ सेकेण्डमा पूरा गर्दै पाँचौ भएको हो ।

सो स्पर्धामा ब्राजिलले स्पर्ण पदक हात पारेको छ भने जापानले रजत र रुसले कास्य पदक जितेका छन् । नेपाल र स्वर्ण जितेको ब्राजिलको समय ५ दशमलब २६ सेकेण्डको मात्र अन्तर रहेको थियो । नेपालले अष्ट्रेलिया, ईण्डोनेसिया, जर्मनी, चेक रिपब्लिक, कोष्टारिका, क्यानडा, अमेरिका, चीन लगायत मुलुकलाई पछि पारेको हो ।

अष्ट्रेलियाको क्वीन्सल्यान्डस्थित टाली नदीमा नेपालले र्‍याफ्टिङमा हालसम्मकै उत्कृष्ट नतिजा निकालेको हो । सोहि स्पर्धाको महिलातर्फको स्वर्ण भने न्युजिल्याण्ढले जितेको छ । महिलातर्फ रुसले रजत र चेक रिपब्लिकले कास्य पदक हात पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);