१३ औँ साग : नेपाल ३६ स्वर्ण २६ रजत र ३४ कास्य सहित दोश्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ औँ साग : नेपाल ३६ स्वर्ण २६ रजत र ३४ कास्य सहित दोश्रो स्थानमा

gaurika

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालको उत्कृष्ट प्रदर्शन बिहीबार पनि जारी रहेको छ । खेल शुरु भएको चौथो दिनबाट पदक तालिकको शीर्ष स्थान गुमाएर दोश्रोमा पुगे पनि नेपालले सहभागी बनेको खेलहरुमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई भने निरन्तरता दिएको छ ।

१३ औं सागको पछिल्लो पदकतालिका अनुसार नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्य सहित ९६ पदक जितेर तालिकाको दोश्रो स्थानमा रहेको छ भने भारत पहिलो स्थानमा छ ।

भारतले ५८ स्वर्ण, ४१ रजत र १८ कास्य संगै कुल १ सय १८ पदक जितेर पहिलो स्थानमा छ । श्रीलंकाले १६, पाकिस्तानले १२, बंगलादेशले ४ र माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले ६ कास्य पदक जितेको छ ।

जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिन बिहीबारसम्म नेपालको खेल प्रदर्शन उत्कृष्ट लयमै देखिएको छ ।

शुरुवाती दिनहरुमा जस्तो सहभागी खेलाहरुमा स्वर्ण पदकको संख्या बढाउन नसके पनि खेल प्रदर्शन भने राम्रो नै छ । पुरुष क्रिकेट र महिला फुटबलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।

नेपाली खेलाडीहरुले पहिलो दिनदेखि नै घरेलु दर्शकको साथसँगै उत्साहजनक प्रदर्शन गर्दै आईरहेका छन् । उसुका निमा घर्ती मगरले स्वर्ण जितेर बिहीबार नेपालका लागि स्वर्ण पदकको खाता खोलिन् ।

उनले बिहीबार उसुको नान्छवान अल राउण्डमा स्वर्ण जितेकी हुन् । यससँगै उसुमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली बनेकी छन् । उनले भारतमा आयोजना गरिएको १२ औँ सागमा पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।

नेपालका लागि बिहीबार अर्को स्वर्ण लक्ष्मी मगरले साइक्लिङबाट दिलाईन् । त्यस्तै साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छिन् । बिहीबार नै त्रिबिको क्रिकेट मैदानमा भएको पुरुष क्रिकेटमा नेपालले भुटानविरुद्ध फराकिलो जित हात पारेको छ।

कप्तान ज्ञानेन्द्र मल्लाको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि १ सय ४१ रनको फराकिलो जित हात पारेको हो । कप्तान ज्ञानेन्द्र मल्ल १ सय ७ रन बनाएसगैं टी-ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

त्यसैगरी गौरिका सिहंले २ सय मिटर महिला स्विमिङबाट नेपालका लागि स्वर्ण थपेकी छिन् । यता महिला फुटवलमा सावित्रा भण्डारीको ह्याट्रिकसगैं नेपालले माल्दिभ्सलाई ३(०को गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ । यो सँगै सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान समेत बनाएकी छिन् ।

पुरुष तेक्वान्दोमा भुपेन श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाएका छन् भने महिलामा अप्सरा कार्की रजतमा सीमित भइन् । त्यसैगरी नेपाली खेलाडीले बिहीबार पोखरामा भएको सिंगल, डबल्स र मिक्स डबल्समा कास्य पदक जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);