डच लिगको उपाधि अजाक्सलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डच लिगको उपाधि अजाक्सलाई

kampisions

एजेन्सी, २ जेठ । बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले हराउँदै अजाक्सले डच लिगको उपाधि जितेको छ ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरेर घरेलु लिग मात्रै नभएर युरोपको प्रतिष्ठित प्रतिस्पर्धामा आफूलाई खरो रुपमा प्रस्तुत गरेको अजाक्सले डच लिगको उपाधि जितेको हो । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गरेको युवा खेलाडीले भरिएको अजाक्सले बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले हराउँदै घरेलु लिग डच एरिडिभिजीको उपाधि जितेको हो । अजाक्सले सन् २०१४ पछि पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो ।

लिगको अन्तिम खेलबाट उसलाई उपाधि पक्का गर्नका लागि एक अंक मात्रै चाहिएको थियो, तर उसले तीन अंक नै जोड्यो । अजाक्सका लागि ताडिकले ६७ र ८७ औँ मिनेटमा गरि दुई गोल गरे । त्यसअघि ३७ औँ मिनेटमा स्चोनी र ४४ औँ मिनेटमा ताग्लिएफिकोले गोल गरेका थिए । डी ग्राफेस्चेपका लागि एल जिब्लीले एक गोल फर्काए । लिग विजेता बनेको अजाक्सको ३४ खेलबाट ८६ अंक भयो । उपविजेता बनेको पिएसभी एन्थोवेनको ८३ अंक छ । यो सिजनमा अजाक्सले घरेलु फुटबलका दुई उपाधि जित्यो । लिग जित्नुअघि उसले डच कपको उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);