एन्फाले मनायो सिमरामा 'ग्रास रुट डे' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एन्फाले मनायो सिमरामा ‘ग्रास रुट डे’

बारा, १ जेठ । अखिल नेपाल फूटबल संघ (एन्फा) ले बुधवार बाराको सिमरामा ‘ग्रास रुट डे’ मनाएको छ । एसिएन फूटबल काउन्सिलले हरेक वर्ष मे १५ तारिकलाई ग्रासरुट डेको रुपमा मनाउँदै आएको छ ।

गत भदौदेखि सिमरा रंगशालामा ‘ग्रास रुट’ फूटबल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फूटबल संघले विशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो । स्कुले बालबालिकालाई फूटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले नेपालमा गत भदौदेखि देशका ४८ जिल्लामा ग्रास रुट फूटवल प्रशिक्षण सुरु गरेको थियो ।

ग्रास रुट फूटबलमा बाराका १६ विद्यालयका चार सय भन्दा बढी बालबालिका सहभागी छन् । यसै वर्ष एन्फाले काउन्सिलको कार्यक्रमलाई नेपालमा भित्र्याएपछि ‘ग्रास रुट डे’ मनाइएको हो । एन्फाले यसपाली नेपालका तीन जिल्लामा ‘ग्रास रुट डे’ मनाउने निर्णय गरेको थियो ।

सिमरा रंगशालामा आयोजित ‘ग्रास रुट डे’ विशेष कार्यक्रममा सहभागी नेपालको पूर्व राष्ट्रिय गोलरक्षक समेत रहेका उपेन्द्रमान सिंहले नेपाली फूटबलको विकासका लागि ल्याइएको ग्रास रुट फूटबलबाट दक्ष खेलाडी उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);