स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु एक खर्ब २२ अर्ब ७७ करोड पुर्याएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु एक खर्ब २२ अर्ब ७७ करोड पुर्याइएको बताए ।

सरकारद्धारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लागि रु ५ अर्ब ६० करोड विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।

त्यस्तै विपन्न नागरिकलाई मुटु रोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स लगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्ष मुनिका बालबालिका एवम् ७० वर्ष मथिका जेष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता यसको लागि रु २ अर्ब पचास करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);