सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि भन्दै १५ खर्ब ४७ अर्बको बजेट ल्याएको बताएका हुन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट निर्माण गरेको हो ।

सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको हो ।

यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको हो । ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);