वीर अस्पतालको जलन कक्ष सुविधा सम्पन्न बनाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वीर अस्पतालको जलन कक्ष सुविधा सम्पन्न बनाउने

bir hospital

काठमाडौँ, जेठ १६ गते । सरकारले वीर अस्पतालको जलन कक्षलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्ने भएको छ । सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

वीर अस्पतालमा जलन उपचार कक्ष भए पनि २०७२ को भूकम्पपछि सञ्चालनमा आएको छैन् । वीरमा जलन उपचारसम्बन्धी चिकित्सक तथा स्वास्थ्यकर्मी आवश्यक मात्रामा रहे पनि हाल जलन उपचार कक्ष बन्द अवस्थामा छ । अर्थमन्त्री महतले वीर अस्पतालको जलन (बर्न) उपचार युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न जलन उपचार केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको जानकारी दिए ।

वीर अस्पतालले २५ शय्याको जलन वार्ड सञ्चालन गर्ने तयारी गरिरहेको छ । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट बढाएको छ । गत वर्ष ६९ अर्ब ३८ करोड रुपियाँ बजेट छुट्याएकोमा यो वर्ष स्वास्थ्यमा ८३ अर्ब ९९ करोड रुपियाँ बजेट छुट्याएको हो । गत वर्षको तुलनामा यो वर्ष सरकारले १४ अर्ब ६१ करोड रुपियाँभन्दा बढी रकम छुट्याएको छ ।

गत वर्षहरुमा पनि निशुल्क वितरण गरेको भन्दै आएको सरकारले यो पटकपनि ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । जसका लागी १ अर्ब २८ करोड विनियोजन गरेको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । स्वास्थ्यमा एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ कर।ेड रुपैयाँ विनियोजन गरेको छ । विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि सहुलियत प्रदान गर्न २ अर्व ५० करोड रुपैयाँ, ९८ प्रकारका औषधि निशुल्क उपलव्ध गराउन १ अर्व २८ करोड रुपेयाँ छुट्याएको छ ।

यस्तै टेकुस्थित सरुवा रोग अस्पताल र प्रदेश तहमा स्थापना हुँदै गरेका सरुवा रोग अस्पताल निर्माणका लागि ४६ करोड रुपैयाँ छुट्याउदा ३२२ वटा स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ बेडका अस्पतालका लागि ८ अर्व, स्वास्थ्य उपकरणका लागि ८२ करोड रुपैयाँ छुट्याईएको छ । क्यान्सर, मिर्गौला जस्ता जटिल रोग लागेका विपन्न नागरिकलाई दिईदै आएको मासिक ५ हजार औषधि खर्चलाई निरन्तरता दिईने छ । औषधि प्रयोजनका लागि गाँजा खेती अध्ययन गरिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);