बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिन्छ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिन्छ : अर्थमन्त्री

budget 2077-arthamantri

काठमाडाैं, १६ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताउनुभएको छ । शुक्रबार संसदको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा अर्थमन्त्री खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताउनुभएको हो ।

नियामक निकायको भूमिका, जिम्मेवारी र जोखिम बढ्दै जाँदा स्तरबृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको विश्वव्यापी अवधारणको रुपमा नेपालमा लागू गरिएको बताउनुभयो ।

सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएकाले त्यसलाई खारेज गर्नेगरी ऐन ल्याउन नहुने उल्लेख गर्नुभयो । छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बीमा प्राधिकरणको सञ्चालकमा अर्थमन्त्रालयको सचिव रहनुपर्ने बताउनुभयो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले केन्द्रीय बैंकलाई स्वायत्त बनाउन जोड दिने भएकाले नेपालमा पनि राष्ट्र बैंक स्वायत्त भएको तर बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय संगठन बलियो नहुँदा नियामक निकाय पूर्णरुपमा स्वायत्त हुन नसकेको उल्लेख गर्नुभयो । त्यसैगरी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बीमा प्राधिकरणलाई थप बलियो र स्वायत्त निकायको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरुले बीमाको पहँुच सबै क्षेत्रमा पुग्ने गरी बीमा प्राधिकरणको परिकल्पना गरिएकाले यसलाई स्वायत्त र बलियो बनाउने गरी ऐनमा व्यवस्था हुनुपर्ने बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);