स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

yubraj khatiwoda

काठमाडौं, ४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आएको स्पष्ट पारे । उनले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको बताए ।

कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाइ छ । शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजना अघि सारे ।

अर्थमन्त्री खतिवडाले वैदेशिक ऋण तथा सहायतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले वैदेशिक सहायताको सदुपयोग गरेर अघि बढ्ने सरकारको नीति रहेको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरेको दाबी गरे । अर्थमन्त्री खतिवडाले सरकारले भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);