युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन

yubaraj

काठमाडौं, १५ जेठ । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ । सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो । अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको जानकारी दिनु भयो ।

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १÷१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १÷१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ । त्यसैगरी क्रिकेट क्षेत्रको विकासका लागि क्रिकेट एकडेमीको स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);