उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन

काठमाडाैं, १५ जेठ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अरव ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै सो क्षेत्रमा ११ अरव ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिनु भएको हो ।

बजेटमा आगामी आर्थिक वर्ष भित्र चीनसँग गरिएको पारबहन सम्झौताको प्रोटोकल अनुसार त्यहाँको बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार सुरु गर्ने पनि उल्लेख गरिएको छ । त्यसैगरी पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन निर्माणाधिन मोतीहारी–अमलेखगंज पाईपलाईन विस्तारको कामलाई एक वर्ष भित्र सम्पन्न गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनु भयो । बजेटमा खाद्यान्न भण्डारण केन्द्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको छ ।

Uncategorized‐मा वर्गिकृत