विद्युत उत्पादनको नाममा लाइसेन्स लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विद्युत उत्पादनको नाममा लाइसेन्स लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्ने

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत उत्पादनको नाममा लाइसेन्स लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

barshaman pun

काठमाडौं, ७ चैत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत उत्पादनको नाममा लाइसेन्स लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले जलविद्युत उत्पादनमा सरकारले निजी क्षेत्रलाई साथ दिने तर मनोमानी गर्ने प्रवृत्तिको अन्तय गर्ने बताए । जलविद्युत उत्पादनमा निजी क्षेत्रप्रति उदार नीति लिइने बताउँदै उनले लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध भएको बताए । तर लगानीको नाममा लाइसेन्स लिएर काम भने ढिलासुस्ती गर्नेलाई मौका नदिइएने उनले स्पष्ट पारे । सिँचाईमन्त्री समेत रहेका पुनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने कृषि उत्पादन बढाउनका लागि सिँचाईलाई प्राथमिकतामा राखिने बताए ।

वर्षेनी पाँच लाख जनशक्ति उत्पादन हुने तर पचास हजारले पनि रोजगारी पाउने अवस्था नरहेकाले अब कृषि क्षेत्रमा रोजगारी सृजना गरिने बताए । ठूला सिँचाई आयोजना निर्माण गर्दै कृषिमा आधुनिकीकरण गरेर लाखौँ युवालाई रोजगार दिने मन्त्री पुनको दाबी छ ।

उर्जा र सिंँचाई दुवै जलस्रोतसँग सम्बन्धित भएकाले एकसाथ विकासका योजना ल्याइने उनले बताए । अहिलेको सरकार चुनौति र अवसर दुवैको बिचमा भएका र सही समयमा सही निर्णय गरेर देश र जनताको हितमा नतिजा दिने मन्त्री पुनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);