काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्ने चेतावनी

barsaman pun

काठमाडौं, ८ जेठ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अनुमति लिएर काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्ने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले अनुमति लिएर आयोजना नबनाउने प्रवृतिको सरकारले अन्त्य गर्ने बताए ।

उनले खोला झोला बनाउने अवस्था आउन नदिनका लागि निश्चित मापदण्ड बनाईने र सोही आधारमा अनुगमन तथा नियमन गरि आयोजना अनुमति खारेज गरिने बताए ।

त्यसैगरी हरेक नेपालीलाई जलविद्युत् आयोजनाको शेयर सदस्य बनाउनुको साथै जलस्रोतमा आधारित समृृद्धिको हिस्सेदार बनाउने नीति लिईएको बताए ।

सरकारले नयाँ जनादेशमा टेकेर नीति तथा कार्यक्रम आएकाले निर्धारित समयमा सबै प्रतिवद्धता पुरा हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे । यो आर्थिक बर्षलाई सरकारले आर्थिक समृृद्धिको लागि प्रस्थान विन्दुको रुपमा लिएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा उल्लेख भएका प्रतिवद्धता पुरा हुने आश्वासन दिए ।

प्रमुख प्रतिपक्षी दलले सरकारको नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षमा केन्द्रीत नभई लामो समय अवधि निर्धारण गरि आयोजनाको नाममा सरकारले सपना बाँड्ने काम गरेको टिप्पणी गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);