चैनपुरमा फोहोरै फोहोर | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

ललित सिंह, बझाङ, ५ असोज । तीन वर्षअघि नगरपालिका घोषणा गरिएको बझाङको सदरमुखकाम चैनपुर झन्–झन् अव्यवस्थित र फोहोर बन्दै गएको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएको तीन महिना पुग्न लाग्दा पनि चैनपुरमा व्यवस्थित बसोबास र सरसफाइका लागि कुनै पहल भएको देखिँदैन ।

बझाङको जयपृथ्वी नगरपालिका क्षेत्रभित्र नक्साबिनै धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । नगरपालिकाले नक्सापास गरेर घर बनाउने प्रक्रिया सुरु गर्न नसकेको तथा फोहोरसमेत व्यवस्थापन गर्न नसकेका कारण समस्या भएको स्थानीय बताउँछन् ।

मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको नामबाट नामांकन गरिएको जयपृथ्वी नगरपालिका जिल्ला सदरमुकाम चैनपुरमै पर्ने भए पनि निकै अव्यवस्थित छ । सडक पनि अस्तव्यस्त र हिलाम्य छ । तर, नवनिर्वाचित प्रतिनिधिलाई पनि कुनै वास्ता छैन ।

समग्र जिल्लाको सरसफाइको नेतृत्व पाएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति पनि निष्क्रिय बनेको छ । जयपृथ्वी नगरपालिकाले भने वर्षातको समय भएकाले चैनपुर क्षेत्र सरसफाइ गर्न नसकिएको तर्क गरेको छ ।

बझाङ जिल्ला तामझामका साथ सरसफाइ तथा खुला दिसामुक्त घोषणा भइसकेको छ । तर, जिल्ला सदरमुकाम चैनपुर क्षेत्र नै अव्यवस्थित र दुर्गन्धित हुँदा सम्बन्धित सरोकारवाला निकायलाई भने कुनै चिन्ता नहुनु दुर्भाग्यपूर्ण छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);