चैनपुरमा सुर्मा देवी मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललित सिंह, बझाङ, १९ असोज । बझाङको सदरमुखकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मा देवी मेला बिहिबारबाट सुरु भएको छ ।

हरेक वर्ष बडा दशैँ नवरात्रीको कोजागत पुर्णिमामा लाग्ने सुर्मा देवी मेलामा सुर्मा मन्दिरमा पुजा आजा गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम एवम् खेलकुद प्रतियोगिता गरि मनाइने गरिन्छ ।

यस पटक पनि अघिल्ला वर्षहरुझैँ महिला पुरुष देउडा खेल, स्थानीय लोक सस्कृती झल्कने नाचगान एवम् जिल्ला स्थरिय भलिबल प्रतियोगिता गरि मनाइने सुर्मा देवी मेला व्यवस्थापन समितीका संयोजक तथा जयपृथ्वी नगरपालिका वडा नं १० का वडा अध्यक्ष दलबहादुर विष्टले जानकारी दिएका छन् ।

जात्रामा मदिरापान सेवन गरि होहल्ला गर्ने एवम् अन्य अपराधिक गतिविधी नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितीका सदस्य ललित सिंहले बताएका छन् ।

भलिबल प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख १ हजार नगद पुरस्कार दिइने प्रावाधान रहेको बझाङ खेलकुद विकास समितीका कार्यलय प्रमुख नरेश सिहंले जानकारी दिएका छन् ।

दशैँपछि लाग्ने सो मेला तीन दिनसम्म लाग्ने गर्दछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);