बाढीका कारण तीन सय रोपनी धानखेत बगरमा परिणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललित सिंह, साउन २६, बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलामा पर्ने धाङ्ग्री खोलामा केही दिन अघि आएको बाढीले तीन सय रोपनी धानखेत बगरमा परिणत गरेको छ । मुख्य कृषि उत्पादन धानबाली बाढीले सखाप पारेपछि नगरपालिकाको वडा नम्बर ३ र ४ का एक सय ८० घर–परिवार खाद्यान्न अभाव हुने चिन्तामा छन् ।

 

वर्षभरि खान पुग्ने धान उत्पादन हुने खेत बगरमा परिणत भएपछि जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ र ४ का बासिन्दा आगामी वर्ष कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन् ।

स्थानीयले आफैं कुलो बनाएर धाङ्ग्री खोलाको पानीबाट सिँचाइ गर्दै आएकोमा ग्रामीण सडक निर्माण भएपछि जिल्ला सिँचाइ कार्यालयलाई कुलोहरु व्यवस्थापनका लागि आग्रह गरेका थिए । तर, सिँचाइ कार्यालयले बेवास्ता गरेकाले बाढीको सामना गर्नुपरेको स्थानीयको दुखेसो छ ।

स्थानीय जनप्रतिनिधिले भने सिँचाइ कुलो व्यवस्थापन र राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि बाढीले बगाएको धानखेतको विस्तृत अध्ययन गरी सम्बन्धित निकायसँगको समन्वयमा कृषकलाई उचित क्षतिपूर्ति दिलाउन र बाढी नियन्त्रणका पहल गर्ने जनाएको छ ।

बाढीका कारण खप्तडठान्ना, सुर्मा र थलारा गाउँपालिका तथा बुंगल नगरपालिकाका बासिन्दा पनि प्रभावित भएका छन् । बझाङका विभिन्न खोलामा आएको बाढीबाट प्रभावित भएकाहरुको उद्धार एवं राहतका लागि सरोकारवाला निकायको ध्यान तत्काल जान जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);