साउन ३१ देखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन ३१ देखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी

 २५ साउन, काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिएको छ ।

 

इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन आफुहरुले राखेको मागका बारेमा आयल निगमले कुनै सुनुवाई नगरेको एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले आरोप लगाए ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एशोसियशनका अध्यक्ष  प्रधानले व्यवसायीले अघि सारेका मागको सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिएका हुन् । अध्यक्ष प्रधानले साउन २६ गतेदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरिद नगर्ने बताए ।

व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने बताउँदै आएका छन् । निगमले चार हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);