सप्तरीमा सर्पको बिगबिगी बढ्न थालेसंगै जिल्लावासीमा डर र त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २६, राजविराज ।

पछिल्लो एक महिनादेखि सप्तरीमा विषालु सर्पको बिगबिगी पुरै जिल्लमा बढ्न थालेसंगै जिल्लावासीमा डरत्रास बढेको छ ।

 

पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । स्थानियवासी अनुसार सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पु¥याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको हो । घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो ।

 

गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि अस्पताल ल्याउन ढिलाइ गरेको र अन्धविश्वासमा परेर गाउँमै धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकको भनाइ छ ।

 

यस्तै, गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा जिल्लाको एक मात्र सरकारी स्थानीय सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

 

अस्पतालमा सर्पले टोकेका् बिरामी बढ्न थालेपछि एन्टीस्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);